गृह ध्वनि दिन
Griha Dhwani Din
그리허 드워니 딘
홈 사운드 데이
Home Sound day
अक्टोबर १९, २०२५, आइतबार दिउँसो १:०० - राति ९:०० बजे 2025. 10. 19 Sun 13:00 - 21:00 경기도 화성시 향남읍 평리 148-4 Hwaseong-si Hyangnam-eup Pyeong-ri 148-4 सजना याक्सो, द यात्री, निर राज राई, बुद्धीमान माम्बा, स्थानिय अद्भूत, छा ग्वाङ्सू , किम याङ वू , इ आह्यन, बे जिन्सन, पेन्गुईन अपार्ट, गिल न्य र हानराकदेकी, छिमिब्जादुल, चुगो फात्की नोरी 서저나 약소, 더 야트리, Nir Raj Rai, Buddhiman Mambaa, 로컬 스트레인지, 차광수, 김양우, 이아현, 배진선, 펭귄아파트, 길녀와 한락댁이, 침입자들, 주고 받기 놀이 Sajana Yakso, The Yatri, Nir Raj Rai , Buddhiman Mambaa, Local Strange, Gwangsoo Cha, Yangwoo Kim, Ahyun Lee, Jinseon Bae, penguin apt., Gil Nyeo & Han Lag Deck-E, Chimipsa, Ping and Pong
गृह ध्वनि दिन , प्रवास कथा परियोजना/ माईग्रेसन स्टोरी प्रोजेक्ट मार्फत नेपाली र कोरियन सिर्जनाकर्ताहरु बाट तयार गरिएको कार्यक्रम हो जुन किबोर्डहरुको माध्यमबाट ‘घर’र ‘ध्वनि’(आवाज) लाई एक ठाउॅमा जोड्ने प्रयास हो। ‘घर’ भन्नाले हाल बसोबास गरिरहेको स्थान मात्र नभएर परिवारको खुशीको लागि, आफ्नो भविष्य निर्माणको लागि आफूमा निखार ल्याउने ठाउॅको रुपमा पनि हेर्न सकिन्छ। हामी सबैको आ-आफ्नो परिस्थिती अनुसार ‘घर’ कसैको लागि ३,७०० कि.मी. बाट टाढा दैनिक काम सकेर आई बस्ने ठाउॅ पनि हुन सक्छ! गृह(घर) ध्वनी दिन चाहिं एक दिने कार्यक्रम हो जुन बारान बजारको खुल्ला चौरमा आ-आफ्नो घर र आ-आफ्नै आवाजलाई मध्य नजर गर्दै भेटिएका साथीहरु बिचको एकआपसमा सन्जाल निर्माण गर्ने थलोको रुपमा हुनेछ। गृह ध्वनी दिनमा भाग लिने व्यक्तिहरु, सजना याक्सो, प्रकाश राई, रोमन घले गुरुङ लगायतका ३,७०० कि. मी. टाढाबाट आएर प्रवासमा आफ्नो विविध क्रियाकलापहरु मार्फत विश्वव्यापीकरण गरि रहेकाछन्। नेपाली ब्याण्ड ‘द यात्री’ले प्रवासमा रहेर कामको बाबजूद आफ्नो बासस्थानमा खोलिएको ‘होम स्टूडियो’ बाट तयार पारेको गीत तपाई हामी माझ प्रस्तुत हुनेछ। साथै स्थानिय अद्भूत कला (लोकल स्ट्रेन्ज) ले आप्रबासी साथीहरु संग बॉड्न सकिने हस्तकलाको होम मेड प्रिन्टिङ सप पनि खोलेको छ। छा ग्वाङ् सु र किम याङ वूले चाहि कम्पनिमा प्रयोग हुने सामानहरु बाट पनि एउटा राम्रो वाद्ययन्त्र सामग्री बनाउन सकिन्छ भन्ने विचारका साथ तयार पारेको ‘स्व- निर्माण’ DO IT YOURSELF कार्यशालालाई पनि नजिक बाट नियाल्ने छौं।संगितकर्मीहरु डिजे ईन्गान, पेन्गुईन अपार्ट, खिल न्य र हानराकदेकी, छिमईब्जादुल, डिजे येस येस, योङन्य लगायतका प्रवासी साथीहरु माझ प्रस्तूति रहने छ। गृह ध्वनि दिनले घर देश छोड्न बाध्य भएर अपरिचित देश कोरियामा संगित,कला र कलात्मक सिर्जनाहरुको माध्यमबाट राष्ट्रियताको परिधीलाई नाघेर साझा गर्ने चाहना राखेको छ।